|

काठमाडौं : विश्वभर कोरोना भाइरसबाट एकैदिन २ लाख ४६ हजार बढी मानिस संक्रमित भएका छन्। शनिबार विश्वभर २ लाख ४६ हजार ३ सय संक्रमित थपिएको वल्डोमिटरले जनाएको छ।​

थपिएका मध्ये सबै भन्दा धेरै संक्रमित अमेरिकाका रहेका छन्। अमेरिकामा ५८ हजार १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  भारतमा हिजो एकैदिन ५४ हजार ८ सय ६५ मा कोरोना पुष्टि भएको छ। त्यस्तै ब्राजिलमा ४२ हजार ५ सय ७८ संक्रमित भेटिएका समाचार एजेन्सीले जनाएका छन्। दक्षिण अफ्रिकामा १० हजार, रुसमा ५ हजार ४ सय, मेक्सिकोमा ८ हजार र कोलम्बियामा १० हजार ६ सय संक्रमित थपिएका छन्।  

पछिल्लो २४ घन्टामा विश्वभर ५ हजार २ सय ९७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिका र ब्राजिलका संक्रमित धेरै रहेका छन्। दुवै देशमा  एक हजार भन्दा धेरैको मृत्यु भएको अन्र्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्। भारतमा ८५२, मेक्सिकोमा ६८८, इरानमा २१६ र कोलम्बियामा २२५ जनाको मृत्यु भएको छ। 

विश्वभर हालसम्म १ करोड ७९ लाख ९९ हजार भन्दा धेरै संक्रमित भेटिएका छन्। ती मध्ये ६ लाख ८७ हजार ८ सय ५ जनाको ज्यान गइसकेको छ। त्यस्तै १ करोड ३१ लाख ३८ हजार ४ सय १९ मानिस निको भएका छन्।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.