प्रवास

विदेशबाट आज १८ वटा शव ल्याइयो, १२ सय नेपाली आउँदै

साउन १८, २०७७

    काठमाडौ : कोरोना भाइरसको संक्रमणका कारण विभिन्न देशमा अलपत्र परेका १२ सय भन्दा धेरै नेपाली आज स्वदेश फर्किदै छन्। 

    आज मलेसिया, कतार, युएई, अमेरिका र युरोपका देशबाट गरी १२ सय ३३ जना नेपाली स्वदेश फर्कन लागेका नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएको छ।  विहान युएईको अबुधाबीको हिमालय एयरलायन्सबाट १५४ जना नेपाली स्वदेश आएका नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार मलेशियाबाट नेपाल एयरलायन्सको उडानबाट २५२ जना आएका छन्। उक्त विमानमा १४ जनाको शव पनि ल्याइएको छ। 

    कतारबाट नेपाल एयरलायन्सको उडानमार्फत १५३ जना नेपाली आएका छन्। उक्त विमानमा ४ वटा शव पनि ल्याइएको छ।  दिउँसो मलेशियाबाट मालिन्दो एयरको उडानबाट १७२ जना नेपाली आउन लागेका छन्।

    युएईबाट दुइ वटा उडानमार्फत झन्डै ४ सय जना आउन लागेका प्राधिकरणले जनाएको छ। यस्तै कतार एयरको उडानमार्फत अमेरिका, युरोप र कतारमा रहेका १४० जना आउन लागेका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]