|

भक्तपुर : उचित परामर्श, सही मार्ग निर्देशन र दृढ इच्छाशक्ति भए मानिस जुनसुकै परिस्थितिबाट उठेर सही मार्गमा हिँड्न सक्छ भन्ने एउटा उदाहरण बनेको छ भक्तपुरको झौखेलस्थित लागु पदार्थको दुर्व्यसनीमा फसेका युवाहरुले सुरु गरेको गोलभेंडा खेती। सुरुवात नामको संस्थाले सुरु गरेको उक्त गोलभेंडा खेतीले लागु औषध दुर्व्यसनीहरुलाई सुधारेको मात्र छैन, उनीहरुलाई रोजगार समेत दिएको छ।

चाँगुनारायण नगरपालिका–५ झैखेलस्थित उक्त फार्ममा लागु औषधको दुर्व्यसनीमा फसेका आठजना र एचआइभी एड्स संक्रमितको परिवारका सदस्यले रोजगारी पाएका छन्। आठ वर्षअघि ५० हजारको लागतमा सानो क्षेत्रमा सुरु गरिएको गोलभेंडा खेती अहिले बिस्तार भएर आठ रोपनी क्षेत्रफलमा फैलिएको छ। पुँजी मात्रै ३० लाखको हाराहारीमा पुगेको छ।

कुनै बेला लागु औषधको कुलतमा परेर जीवन बर्बाद गरेका राजेश दिदियाले सुरु गरेको फार्म सुधार गृहको रुपमा विकास भएको छ। लागु औषधको कुलतबाट उम्किन चाहने युवाहरुलाई यहाँ दैनिकरुपमा गोलभेंडा खेतीमा व्यस्त राखेर उनीहरुलाई कुलतबाट छुटाउने उपचार समेत गरिन्छ। 

फार्मबाट दैनिक १५० देखि २०० किलोसम्म गोलभेंडा उत्पादन हुने गरेको सञ्चालक दिदियाले जानकारी दिए। उत्पादित गोलभेंडाको मुख्य बजार बल्खुस्थित तरकारी बजार रहेको छ। फार्मबाट भएको आम्दानी सुरुवात संस्थामार्फत लागु औषध दुर्व्यसनी र एचआइभी संक्रमितलाई खानबस्ने र औषधि उपचारमा खर्च गरिन्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.