|

डडेल्धुरा : अमरगढी नगरपालिकामा जिप दुर्घटना हुँदा आठजना घाइते भएका छन्। 

शनिबार राति करिब १ बजे महाकाली राजमार्गअन्तर्गत अमरगढी–७ पोखरा खानेपानी मोडस्थित धनगढीबाट बझाङतर्फ जाँदै  गरेको सुपप्र ०१ ००१ ज १११५५ नम्बरको जिप दुर्घटना भएको हो।

जिप अनियन्त्रित भई सडकभन्दा करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

दुर्घटनामा घाइते हुनेमा बझाङको केदारसिउ गाउँपालिका–४ बागथलाका ३२ वर्षीय विभु प्रकाश भट्ट, ४५ वर्षीय मानबहादुर मल्ल, ३५ वर्षीय रवीन्द्र मल्ल, १२ वर्षीया सम्पदा मल्ल, १२ वर्षीय विवेक मल्ल रहेको छन्।

यस्तै, सोही ठाउँका ४२ वर्षीया यशोदा मल्ल, ५० वर्षीया सरस्वती मल्ल र बझाङकै बङ्गल नगरपालिका–४ का जिप चालक ३२ वर्षीय अम्मर विक पनि घाइते भएको डिएसपी न्यौपानेले जानकारी दिए। 

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ। उनीहरूलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ। अन्य घाइतेहरूको डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

यसअघि शनिबार बिहान हाइस दुर्घटना हुँदा १७ जना घाइते भएका थिए। भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिक हाइस दुर्घटना भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.