|

गुल्मी : चन्द्रकोट गाउँपालिकाले घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ।

वृद्धवृद्धा, अपाङ्गता भएकाहरु बैङकमा जान नसक्ने र बैंकसम्म पुगे पनि भीडभाड हुने भएकाले घरघरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

आर्थिक वर्ष २०७६/७७ अन्तर्गतको तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता बैंकहरुको सहकार्यमा घरमै गएर वितरण गरिएको भण्डारीले बताए। पछिल्लो चौमासिकमा कुल तीन हजार १५६ जनालाई सामाजिक सुरक्षा भत्ता वितरणका लागि दुई करोड ६६ लाख ८७ हजार २०० रुपैयाँ निकासा भएको थियो। उक्त रकम ज्येष्ठ नागरिक, एकल महिला, दलित बालबालिका, अपांगता रहेका व्यक्तिलाई वितरण गरिएको हो।

घरघरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्दा ज्येष्ठ नागरिकहरुमा खुसी छाएको वडा नम्बर ६ का अध्यक्ष गोकर्णराज शर्माले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.