|

बैतडी : सुदूरपश्चिमका ७ पहाडी जिल्लामा गए रातीदेखि विद्युत सेवा अवरुद्ध भएको छ। कैलालीको गोदावरीमा विद्युतको पोलमा रुख ढल्दा विद्युत सेवा अवरुद्ध भएको हो।  

सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत प्रवाह हुने १३२ केभीए प्रसारण लाइनको टावरमा रुख ढल्दा विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख मोहनदेव जोशीले जानकारी दिए। अवरुद्ध रहेको विद्युत सेवा पुनः सञ्चालनमा लागि कर्मचारी खटिएका छन्।

उनले भने, ‘विद्युत पुनः सञ्चालनका लागि कैलालीबाट कर्मचारी खटिएका छन्, कम्तीमा ५/६ घण्टा लाग्ने बताएपनि कतिबेला विद्युत प्रवाह गराउन सकिन्छ भन्नेबारे एकीन गर्न सकिएको छैन।’

विद्युत अवरुद्ध हुँदा बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा, डोटी, अछाम र बाजुरा जिल्लाका नागरिक समस्यामा परेका छन्। यसका साथै कैलालीको गोदावरी नगरपालिका र चुरे गाउँपालिकाका बासिन्दा पनि समस्या परेका छन्।

विद्युत प्रवाह अवरुद्ध हुँदा सञ्चारमाध्यम, विद्युतबाट सञ्चालन हुने उद्योग र मिल सञ्चालकहरुलाई पनि समस्या भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.