|
फाइल फोटो

बैतडी : कोरोना महामारी सुरू भएपछि कतै नगएका (ट्राभल हिस्ट्री नभएका) एक जनामा कोरोना संक्रमण देखिएपछि घरपरिवार र छिमेकीको पनि कोरोना परिक्षण गरिने भएको छ। जिल्लाको पुर्चौंडी नगरपालिका-१० का ३२ वर्षीय थुनुवाको घरपरिवार तथा छिमेकी गरी १६ जनाको स्वाब संकलन गरी कोरोना परीक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको छ। 

गत सोमबार कोरोना संक्रमण पुष्टी भएका थुनुवा गत मंसिरमै भारतबाट फर्केका र ट्राभल हिस्ट्री नभएका व्यक्ति हुन्‌। बलात्कार मुद्दामा हिरासतमा रहेकै बेला स्वाब परीक्षण गर्दा ती व्यक्तिमा कोरोना पुष्टि भएको हो। थुनुवा संक्रमितलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ।

ती व्यक्तिलाई प्रहरीले असार ३१ गते पक्राउ गरेको थियो। कोरोना पुष्टि भएपछि निजको घर परिवारका सबै सदस्यको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

यसअघि थुनुवाको सम्पर्कमा रहेका २० प्रहरीसहित २६ जनाको स्वाब परीक्षण गर्दा सबैको रिपोट नेगेटिभ आएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.