|

चितवन : जिल्ला प्रहरी कार्यालयले पछिल्लो तीन महिनामा सवारी नियम उल्लङ्घन गर्ने ११ हजार ५ सय ५० जना चालकलाई कारवाही गरेको छ। सवारी चेकजाँचका क्रममा नियम उल्लङ्घन गर्ने चालकहरूबाट ८५ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गरिएको चितवनका प्रहरी उपरीक्षक दिपक थापाले जानकारी दिए। 

तीन महिनाको अवधिमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न एक सय ३६ जनालाई पक्राउ गरिएको छ। उनीहरूमध्ये केहीलाई कारवाही गरेर छाडिएको छ भने लागुऔषध र गुण्डागर्दीमा संलग्न २८ जनालाई भने मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

कारवाहीमा परेकामध्ये मादक पदार्थ खाएर सवारी चलाउने ६८ जना छन्। यस्तै गुण्डागर्दीमा संलग्न २३ र विभिन्न घटनामा फरार भएका ७ जनालाई पक्राउ गरी कारवाही गरिएको छ। घरेलु मदिरा उत्पादन र बिक्रीमा संलग्न ३ जना, जुवातास खेल्ने १४ जना, भन्सार चोरी निकासीमा १ जना र लागूऔषध मुद्दामा २० जना पक्राउ परेको प्रहरीले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.