|

सुर्खेत : कर्णालीका बाढी पहिरोपीडितका घर प्रदेश सरकारले बनाइदिनेभएको छ। कर्णाली प्रदेश मन्त्रिपरिषद बैठकले यसबारे निर्णय गरेको हो। 

भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीका अनुसार प्राकृतिक विपद्बाट पूर्ण रुपमा घर क्षति भएकालाई राहतस्वरुप प्रतिपरिवार एक लाख रकम तत्काल उपलब्ध गराइने छ। 
‘कर्णालीका विभिन्न जिल्लामा बाढी पहिरोमा परि धेरै जनधन क्षति भएको छ, घरबारविहीन भएका छन्,’ केसीले भनिन्, ‘उनीहरुलाई तत्काल आवास निर्माणका लागि रकम उपलब्ध गराउने निर्णय प्रदेश सरकारले गरेको छ ।’

विपद्बाट क्षति भएका परिवारका लागि ३ महिना पुग्ने खाद्यान्न पनि प्रदेश सरकारले उपलब्ध गराउने भएको छ। प्राकृतिक विपदमा परी ज्यान गुमाउनेका परिवारलाई सरकारले प्रतिव्यक्ति दुई लाखले दिने भएको छ। 

तर यसअघि २०७१ सालका सुर्खेतका बाढीपिडित अहिलेसमम त्रिपालमुनि बस्न बाध्य छन्। बाढीपिडितका लागि यस घि पनि प्रदेश सरकारले विभिन्न आश्वासन र योजना अघि सारेको थियो। तर अहिलेसम्म पनि सरकारले ती बाढीपिडितको व्यवस्थापन गर्न सकेको छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.