|

काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको (नेकपा माओवादी)ले सरकारले घोषणा गरेको स्थानीय तह निर्वाचनको कुनै औचित्य नरहेको जनाएको छ। पार्टी महासचिव विप्लवले सोमबार विज्ञप्ति जारी गर्दै निर्वाचन घोषणाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।

'संसदवादी प्रचण्ड सरकारको वैशाख ३१ गते निर्वाचन गर्ने घोषणाप्रति हाम्रो पार्टीको ध्यान आकर्षित भएको छ,' विप्लवको हस्ताक्षरसहित जारी विज्ञप्तिमा भनिएको छ, 'संसदीय व्यवस्थाप्रति जनताको असहमति र जनसत्ता सञ्चालन भइरहेको सन्दर्भमा हामी यो चुनावको कुनै औचित्य नरहेको स्पष्ट पार्न चाहन्छौँ।'

साथै विप्लबले चुनावको भ्रममा नपरी जनसत्ता सञ्चालनमा ध्यान केन्द्रित गर्न अपिलसमेत गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.