|

डडेल्धुरा : डोटीस्थित सेती नदीमा नुहाउने क्रममा शनिबार दिउँसो बेपत्ता भएका डडेल्धुरा अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मीमध्ये एकको शव फेला परेको छ।

बेपत्तामध्ये डडेल्धुराको परशुराम नगरपालिका घर भएका ल्याब असिस्टेन्ट हरिश जोशीको शव डोटीको केआईसिँह गाउँपालिका ३ बासतडा भन्ने ठाउँमा फेला परेको डोटीका एसपी जनकराज पाण्डेयले जानकारी दिए।

उनका अनुसार घटनास्थलभन्दा निकै टाढा जोशीको शव आइतबार फेला परेको हो। स्थानीयले शव देखिपछि प्रहरीलाई खबर गरेका थिए। जोशीको शवलाई पोस्टमार्टमका लागि डडेल्धुरा अस्पताल ल्याइदैछ। 

शनिबार डोटीस्थित शैलश्वरी मन्दिर दर्शन गरी फर्कने क्रममा शिखर नगरपालिका १० सेती किनार गहनानमा नुहाउन गएका चार जनामध्ये तीन जनालाई सेतीले बगाएको थियो। 

डडेल्धुरा अस्पतालमा कार्यरत चारैजना बिहानै शैलश्वरी मन्दिर दर्शनका लागि गएका थिए। मन्दिर दर्शन गरी फर्किँदा नुहाउने क्रममा उनीहरुमध्ये तीनजनालाई नदीले बगाएको थियो। बगेका मध्ये खगेन्द्र कुँवरलाई स्थानीयले उद्धार गरी बचाएका थिए भने हरिश र बझाङ स्थायी घर भएका एचए विनय सिंह बेपत्ता भएका थिए।  

बेपत्ता विनयको सात जना शसस्त्र प्रहरीको गोताखोर टिमले खोजीकार्य जारी राखेको एसपी पाण्डेयले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.