|
Photo : goal.com

प्रिमियर लिग टोली आर्सनल एफए कप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। सटन युनाइटेडसँग गएराति भएको खेलमा आर्सनल २-० ले विजयी भयो। आर्सनलको जितमा वाल्कट र प्रेजले १-१ गोल गरे।

क्वार्टर फाइनलमा अब आर्सनलको भेट लिनकोनसँग हुनेछ। यस्तै चेल्सीले म्यान्चेस्टर युनाइटेड तथा टोटनह्यामले मिलवालको सामना गर्दा मिडिल्सबर्गको भिडन्त म्यान्चेस्टर सिटी वा हडर्सफिल्ड टाउनमध्ये एक टोलीसँग हुनेछ।

एफए कप राउण्ड रोबिन लिगका आधारमा खेलाइने इंग्ल्याण्डकै प्रतिष्ठित फुटबल प्रतियोगितामध्ये एक हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.