|

इण्डियन प्रिमियर लिग (आईपीएल) युएईमा हुने पक्का भएको छ।  संयुक्त अरब इमिरेट्समा प्रतियोगिता आयोजना गर्न भारत सरकारले अनुमति दिएसँगै प्रतियोगिता हुने निश्चित भएको हो।

इन्डियन प्रिमियर लिग ट्वान्टी ट्वान्टी क्रिकेटको यो संस्करण युएईमा सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुनेछ।​ आईपीएलको गभर्निङ बडीले हिजो भारत सरकारबाट अनुमति पाएसँगै अब यसको सम्पूर्ण तयारी युएईमा केन्द्रित हुने भएको छ। प्रतियोगितामा सहभागी हरेक टिममा २४ खेलाडी राख्न पाउने नयाँ नियम बनाइएको छ।

प्रतियोगिताअन्तर्गत हरेक आइतबार दिनको दुई खेल हुनेछन् भने अन्य दिन एउटा मात्र खेल हुने छ। दर्शकको उपस्थितिबारे भने औपचारिक निर्णय हुन बाँकी छ। यूएई क्रिकेट बोर्डले आइपीएलका बेला ३५ प्रतिशत दर्शक राख्न सरकारसँग प्रस्ताव गर्ने बताएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.