समाज

कञ्चनपुर जिल्ला प्रशासन कार्यालयमा पालो मिलाएर सेवा

साउन १९, २०७७

    कञ्चनपुर : जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सेवाग्राहीको चाप बढेपछि पालो मिलाएर सेवा दिँदै आएको छ। कार्यालयले आइतबारदेखि स्थानीय तहअनुसार पालो निर्धारण गरेको हो।

    कार्यालयले तयार गरेको पालो अनुसार भीमदत्त नगरपालिका, पुनर्वास नगरपालिका र बेलौरी नगरपालिकाका वासिन्दालाई आइतबार र सोमबार सेवा दिइनेछ। कृष्णपुर नगरपालिका, शुक्लाफाँटा नगरपालिका र लालझाडी गाउँपालिकाका वासिन्दाले मंगलबा र बुधबार सेवा दिइने कार्यालयले जनाएको छ।

    बिहीबार र शुक्रबार बेदकोट नगरपालिका, माहाकाली नगरपालिका र बेल्डाँडी गाउँपालिकालाई सेवा समय तालिकामा उल्लेख गरिएको छ। समय तालिका अनुसार सम्बन्धित स्थानीय तहका वासिन्दाले आफ्नो पालोको दिन सबै सेवा उपलब्ध गराइने उल्लेख गरिएको छ।

    कोभिड १९ को संक्रमण रोक्न भौतिक दूरी कायम गर्नु पर्ने र कार्यालयमा सेवाग्राहीको चाप बढेपछि स्थानीय तह अनुसार समय निर्धारण गरी सेवा दिन थालिएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्ययले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]