|

  • दीपक केसी

काठमाडौं भृकुटीमण्डपमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा आज केन्द्रीय सदस्य पदका लागि निर्वाचन सुरु भएको छ। निर्वाचनमा ३ सय ६३ उम्मेदवार चुनावी मैदानमा छन्। केन्द्रीय सदस्य पदको निर्वाचन सोमबारका लागि तय भए पनि स्थान र समय अभाव कारण देखाउँदै मंगलबारका लागि सारिएको हो।

मतदानका लागि ५२ वटा विद्युतीय मेसिनको प्रयोग गरिएको राप्रपाका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए। १ सय ६१ सदस्यीय कार्यसमितिमा ९० पदका लागि आज निर्वाचन हुन लागेको हो। बाँकी भने अध्यक्षले मनोनयन गर्ने पार्टीको विधानमा उल्लेख छ।

यसअघि सोमबार सम्पन्न अध्यक्षको निर्वाचनमा प्रतिस्पर्धी प्रदीपविक्रम राणालाई फराकिलो मत अन्तरले पराजित गर्दै कमल थापा अध्यक्षमा निर्वाचित भएका थिए। केन्द्रीय सदस्यको निर्वाचनको परिणाम अाएसँगै राप्रपाको एकता अधिवेशन मंगलबार नै सम्पन्न हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.