|

काठमाडौं : अविरल वर्षाका कारण एक सातादेखिको कर्णाली राजमार्ग अवरुद्ध रहेको छ।  

राजमार्गको कालीकोट सडकखण्डको दहीखोला, कालेखोला, जितेगाड, हुल्म, मोल्फा, पिली, सेराबाडा, चौखोला, टाकुल्ला, बालीगाड, भैँसीगौडा, टिमुरेभीड, खल्लागाड, धनडा, राँचुली भिग्मलगायतका दर्जनौँ स्थानमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध छ । कतै खोला बढेर गाडी पार गर्न गाह्रो त कतै पहिरोले सडक अवरुद्ध भएपछि यातायात सञ्चालन हुन नसकेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम ओलियाले जानकारी दिए।


  
'कालेखोला, दहीखोलालगायतका स्थानमा डोजर लगाएर सडक खोलिसकेको छ', उनले भने , 'पिली सडकको पहिरो हटाउने काम भइरहको छ।’  बाढीले पुल बगाएपछि कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने तिलागुफा नगरपालिका–८ टाकुल्ला खोलामा पुल नहुँदा खोलामा आएको बाढीमा हाम्फालेर जोखिमपूर्ण यात्रा यात्रु बाध्य भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.