|

गुल्मी : ​जनै पूर्णिमाका अवसरमा आज गुल्मीका ६ स्थानीय तहरूले सार्वजनिक बिदा दिएका छन्। सार्वजनिक सूचना टाँस गरी स्थानीय तहहरूले बिदा घोषणा गरेका हुन्।

जनैपूर्णिमा पनि अधिकांश नेपालीहरूको ठूला पर्वमध्येको एक भएकाले सार्वजनिक बिदा दिइएको स्थानीय तहका अधिकारीहरुले जानकारी दिएका छन्‌। 

​जनै पूर्णिमाका दिन सोमबार नगरपालिका मातहतका सबै कार्यालय र शिक्षण संस्थामा सार्वजनिक बिदा घोषणा गरिएको रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले जानकारी दिए।

यसैगरी, जिल्लाका गुल्मीदरबार, छत्रकोट, रुरुक्षेत्र, सत्यवती र चन्द्रकोट गाउँपालिकामा पनि सार्वजनिक बिदा दिइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.