|

रौतहट : इशनाथ नगरपालिका-५ का वडाध्यक्ष देवेन्द्र ठाकुरको सोमबार बिहान निधन भएको छ।

स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा उनको निधन भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीनबन्धु यादवले जानकारी दिएका छन्‌।​

स्वासप्रश्वासमा समस्या देखिएपछि निधन भएकाले निजलाई कोरोना संक्रमण आशंका गरिएको छ। उनी केही दिनयता ज्वरो, रूघा र खोकी लागेर बिरामी परेका थिए। 

रक्तचाप र मधुमेह (प्रेसर र सुगर) को समस्या भोग्दै आएका ठाकुरले आइतबार मध्यरातमा राम्ररी सास फेर्न नसकेपछि उपचारका लागि सदरमुकाम गौरतर्फ लगिएको थियो। तर बाटैमा निधन भएपछि शव फर्काएर अहिले घरमै राखिएको छ। 

तर, तीन दिनअघि मात्रै उनमा संक्रमण भए/नभएको बारे थाहा पाउन आरडीटी गरिएको र परीक्षण नतिजा नेगेटिभ आएको गाउँपालिकाका अधिकारीहरुले जानकारी दिएका छन्‌।​

​ज्यान गुमाएका यादवमा कोरोना संक्रमणको लक्षण देखिएकाले उनको परिवारका सबै सदस्यको पीसीआर परीक्षण गर्ने तयारी भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.