|

कोरोना महामारीको खराब असर भोगिरहेको भारतले संक्रमणदरमा अमेरिका र ब्राजिललाई पनि पछि पारेको छ।

दक्षिणी छिमेकी राष्ट्र भारतमा पछिल्लो २४ घण्टाभित्र अहिलेसम्मकै र अन्य मुलुकमा भन्दा धेरै संक्रमित भेटिएका छन्। 

आइतबार भारतमा अमेरिका र ब्राजिलमा भन्दा पनि धेरै संक्रमित पहिचान भएका हुन्। यसअघि दैनिक संक्रमणदरमा भारतले यी दुई मुलुकलाई पछ्याइरहेको थियो। 

भारतमा पछिल्लो एक दिनभित्र ५२ हजार ९७२ जना संक्रमित भेटिएका छन्, ७७१ जना संक्रमितको मृत्यु भएको छ। 

यही अवधिमा अमेरिकामा ३९ हजार ३८ जना र ब्राजिलमा २४ हजार ८१ जना नयाँ संक्रमित फेला परेका छन्। 

बीबीसीका अनुसार पछिल्लो ४ दिनयता भारतमा प्रतिदिन लगातार ५० हजारभन्दा धेरै संक्रमित भेटिएका छन्। 

त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो १४ दिनयता भारतमा कोरोना संक्रमितको दर बढेको बढ्यै छ। अहिलेसम्म त्यहाँ १८ लाख तीन हजार ६९५ जना मानिस संक्रमित भएका छन्। संक्रमितमध्ये ११ लाख ८६ हजार जना उपचारपछि निको भएका छन्। ज्यान गुमाउनेको संख्या ३८ हजार १३५ पुगेको छ।

अमेरिका, ब्राजिल, मेक्सिको र बेलायतपछि भारतमा धेरै संक्रमितको मृत्यु भएको छ। भारतले यो संख्यामा इटली, फ्रान्स, स्पेन र इरानलाई पनि पछाडि पारेको छ। 

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका अनुसार भारतमा अहिलेसम्म दुई करोड मानिसहरुमा कोरोना संक्रमण भए÷नभएको परीक्षण गरिएको छ। भारतको जनसंख्या १ अर्ब ३९ करोडभन्दा धेरै छ।

भारतमा कोरोना संक्रमितलाई अक्सिजन अभाव

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.