|

काठमाडौं : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल, प्याब्सनको नयाँ नेतृत्वका लागि मंगलबार निर्वाचन हुँदैछ। निर्वाचन प्रक्रिया बिहान ११ बजे सुरु हुने र मतदान दिउँसो ३ बजेपछि हुने प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले जानकारी दिए। 

आगामी नेतृत्वका लागि एमालेनिकट टिकाराम पुरी र माओवादी निकट विजय सम्बाहाम्फे प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। पुरी प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सुमनगोपाल आचार्य, उपाध्यक्षहरूमा हिरा चन्द, ईश्वरबहादुर गुरुङ, नवराज महत र महासचिवमा गोपालप्रसाद आचार्यले उम्मेदवारी दिएका छन्।

सम्बाहाम्फे प्यानलबाट वरिष्ठ उपाध्यक्षमा डीके ढुंगाना, उपाध्यक्षमा कृष्ण अधिकारी र आशिष श्रेष्ठ र महासचिवमा राजेन्द्र बानियाँले उम्मेदवारी दिएका छन्।
देशभर करिब १० हजार निजी विद्यालयमध्ये ६ हजार ५ सय प्याब्सनमा आबद्ध छन्। प्याब्सनका ७२ जिल्ला शाखा छन्। ६७ सदस्यीय कार्यसमितिमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ८ जना भूगोल र एक महिलासहित ९ जना उपाध्यक्ष रहनेछन्। यसैगरी एक महासचिव र एक उपमहासचिव रहनेछन्। 

यस्तै एक महिला र ३ जना खुलासहित ४ सचिव तथा दुई सह कोषाध्यक्ष र अन्य सदस्यहरू कार्य समितिमा रहनेछन् । महाधिवेशनमा देशभरका १ हजार ८ सय ५० प्रतिनिधि सहभागी छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.