उदयपुर : उदयपुरको कटारी नगरपालिका ३ स्थित ताराघारी महादेव गुफामा हरेक वर्ष जस्तै यस पटक पनि साउनको सोमबार कोरोना कहरबीच दर्शनार्थीको भीड उस्तै छ।
धार्मिक आस्थाको रुपमा रहेको मिनीहलेसीले परिचित तारघारी महादेव गुफा अहिले झकिझकाउ छ। छिमेकी जिल्ला सिरहा, सप्तरी, धनुषा,सिन्धुलीदेखि दर्शन गर्न आउने गरेका छन्। गुफाको एकातिर हिन्दु धर्मप्रति आस्था राख्नेहरु पूजा पाठ गरिरहेका देखिन्छन्।
ताराघारी महादेव गुफामा दर्शन गरेमा दुःखबाट मुक्ति मिल्ने, निःसन्तानलाई सन्तान मिल्ने, चितायको मनोकामना पूरा हुने जनविश्वास रहेको गुफा व्यवस्थापन समिति अध्यक्ष रत्न सुनुवारले बताए।
यो बर्ष कोरोनाको कारण गुफा ब्यबस्थापन समितिले प्रचार( प्रसार नगरे पनी बर्षातको समयमा समेत स्वस्फूर्त पूजा आराधाना गर्न दर्शनार्थीहरु आएको उनले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।