|

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेफ्टिनेन्ट जनरल एच आर म्याकमास्टरलाई नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेका छन्। नियुक्तिको एक महिना पनि नपुग्दै यसअघिका सल्लाहकार माइकल फ्लिनले राजीनामा दिएपछि म्याकमास्टरलाई नयाँ सुरक्षा सल्लाहकार नियुक्त गरिएको हो।

फ्लिनपछि अवकाशप्राप्त नौसैनिक उपप्रमुख रोबर्ट हार्वर्डलाई प्रस्ताव गरिएको थियो। उनले अस्वीकार गरेपछि राष्ट्रपति ट्रम्पले म्याकमास्टरलाई सुरक्षा सल्लाहकार नियुक्त गरेका हुन्। 

म्याकमास्टरले अफगानिस्तान र इराकमा काम गरिसकेका छन्। उनी सुझबुझपूर्ण र स्पष्ट वक्ता रणनीतिक व्यक्तित्वका रूपमा चिनिएको बीबीसीले जनाएको छ। राष्ट्रपति ट्रम्पले म्याकमास्टरलाई प्रतिभावान्, अनुभवी तथा सेनाका हरेक व्यक्तिले उच्च सम्मान गर्ने व्यक्तिका रूपमा प्रसंशा गरेका छन्।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.