|

काठमाडौं :  नेकपाका वीरगञ्ज महानगरपालिका कमिटी अध्यक्ष रहवर अन्सारीलाई कोरोना भाइरस (कोभिड १९)  संक्रमण भएको छ। नेकपा वीरगन्ज महानगर कमिटीका अध्यक्षसमेत रहेको अन्सारीमा कोरोना पुष्टि भएको प्रेस संगठन पर्साका अध्यक्ष निरज पिठाकोटे मगरले थाहा सञ्चारलाई जानकारी दिए।

 कोभिडको उपचार गर्न छुट्याइएको पर्साको गण्डक अस्पतालका सञ्चालकसमेत रहेका रहवर अन्सारी काठमाडौंमा रहेका र राष्ट्रिय प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा उनलाई कोरोना पुष्टि भएको बताइएको छ। पिसिआर परीक्षणका लागि अन्सारीले गत साउन १६ गते स्वाब दिएका थिए। अन्सारीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.