|

मुगु : कोरोनाको महामारीबीच पनि मुगुमा धार्मिक कार्यले निरन्तरता पाएका छन्। छायानाथ धामको तीर्थयात्रा शुरु भएसँगै पत्येक वर्ष साउन शुक्ल पूर्णिमामा मुगुमा मेला लाग्ने गर्दछ।

कर्णालीको कुल देवता मस्टोलगायत महादेवको साउन शुक्ल पूर्णिमामा (तिथ्या पुनि ) अर्थात तीर्थस्थल गएर शुद्ध हुने पूर्णिमाको अवसरमा धामीहरू नाच्ने चलन छ।

गएको मंगलबारबाट छायानाथ रारा नगरपालिका-२ चैना गाउँमा रहेको छायानाथको मूर्ति मुगुमकामारोङ गाउँपालिका-२ डोल्फुमा रहेको छायानाथ धाममा नुहाउन लगिएसँगै छायानाथ तीर्थयात्रा शुरु भएको मानिन्छ।

सोही तीर्थयात्रको क्रममा  मुगुलगायत जिल्ला बाहिरका धामीझाँक्री दर्शन गर्न छायानाथ र ऋणमोक्षमा पुग्ने गर्दछन्। साउन शुक्ल अष्टमीका दिनदेखि साउन शुक्‍ल पूर्णिमासम्म तीर्थस्थल छायानाथ ऋण मोक्षमा जाने  र पूर्णिमाको दिन फर्किएर गाउँमा धामी नाच्ने चलन छ।

यस वर्ष कोरानाको कारण जिल्ला बाहिरका धामीझाँक्रीलाई प्रवेश निषेध गरिएको भए पनि मुगुका धामी झाँक्री छायानाथ धाम र ऋण मोक्षमा दर्शन गरी फर्किएका छन्।

 धामी नाचका दृश्‍य झलक :

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.