|

काठमाडौं : विराटनगरको कोशी अस्पतालको आइसोलेसनमा उपचारार्थ एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। विराटनगर महानगरपालिका-५ का कोरोना संक्रमित एक पुरुषको सोमबार उपचारको क्रममा मृत्यु भएको कोशी अस्पतालका चिकित्सक दीपक सिग्देलले जानकारी दिएका हुन्।

यससँगै प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनेको संख्या  दुई पुगेको छ। यसअघि मोरङ जिल्लाकै सुनवर्षी नगरपालिकाका एक संक्रमितको उपचारकै क्रममा धरानमा मृत्यु भएको थियो।  

यसअघि मोरङको सुनवर्षी नगरपालिकाका ४५ वर्षीय पुरुषको यही साउन १४ गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा ज्यान गएको थियो।

उनलाई त्यही दिन अपरान्ह विराटनगरमा ल्याइएको थियो। गम्भीर बिरामी अवस्थाका उनलाई एकजना ड्राइभरले बिपी प्रतिष्ठानमा ल्याएर छाडेका थिए। 'उनलाई सुरूबाटै प्रतिष्ठानको भेन्टिलेटरमा राखिएको थियो। तर उपचारकै क्रममा भेन्टिलेटरमा उनले ज्यान गुमाएका थिए। 

५७ संक्रमित थपिए

प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५७ जना कोरोना संक्रमित भेटिएका छन्। झापा, मोरङ र सुनसरीमा मात्र ५७ जनामा सोमबार कोरोना संक्रमित भेटिएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको हो।

सामाजिक विकास मन्त्रालयका एक कर्मचारीका अनुसार मोरङमा ४६ संक्रमित भेटिएका छन्। जसमध्ये विराटनगरका ६ जना, रंगेलीका ९, कटहरीका २ जना रहेका छन्। 

त्यस्तै, सुनसरीका ५ जनामध्ये धरानका १ जना, इनरुवाका १ जना र इटहरीका ३ जना रहेका छन्। त्यस्तैगरी, झापाको बिर्तामोडका १ जना र अर्जुन धाराका ५ जना गरी ६ जना संक्रमित भेटिएका छन्। कोरोना संक्रमित हुनेमा १८ जना रहेका छन् भने पुरुष ३९ रहेका छन्। प्रदेश १ मा हालसम्मकै बढी संक्रमित भेटिएका हुन्।


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.