|

बाँके : बाँके राष्ट्रिय निकुञ्जका अधिकृत स्तरका दुई कर्मचारी घुससहित पक्राउ परेका छन्।

विशेष सुराकीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएका आयोगको टोलीले निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकायलाई तीन लाख ४८ हजार रुपैयाँसहित पक्राउ गरेको हो। 

भट्टराई र रोकायका साथबाट बैंकमा जम्मा गरेको पाँच लाखको भौचर पनि बरामद भएको आयोग बुटवलका सूचना अधिकारी सुरेश भुसालले बताए। पक्राउ परेका भट्टराई र रोकायलाई थप अनुसन्धानका लागि बुटवल लगिएको आयोगले जनाएको छ। 

आयोगले दुई साताअघि नेपालगन्जस्थित भेरी अस्पतालका कम्प्युटर सहायक अरुणराज खनाललाई १६ लाख नगद सहित नियन्त्रणमा लिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.