|

काठमाडौं : सरकारले सहसचिव वीरबहादुर राईलाई सचिव (विशिष्ट श्रेणी) मा बढुवा गरेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। सचिवमा बढुवा भएका राई राष्ट्रिय योजना आयोगको कार्यालयमा कार्यरत छन्।

बढुवा सिफारिस समितिले केही दिनअघि वरिष्ठ सहसचिवहरू चन्द्रमान श्रेष्ठ, गोकर्णमणि दुवाडी र राईसहित तीनजनाको नाम सचिवमा बढुवाका लागि सिफारिस गरेको थियो ।

सचिवमा बढुाव भएका राई यही भदौ १५ गते उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.