काठमाडौं : स्पेनका पूर्वराजा ह्वाँ कार्लोसले देश छाड्ने निर्णय गरेका छन्।
भ्रष्टाचार अभियोगको अनुसन्धानमा उनी पनि जोडिए पछि उनले देश छोड्ने निर्णय गरेको स्पेनिस राजदरबारले जनाएको छ। ८२ वर्षका पूर्वराजा कार्लोसले पत्र मार्फत देश छोड्ने जानकारी छोरा फिलिपलाई गराएका हुन्। फिलिपलाई ६ वर्षअघि ह्वाँ कार्लोस सत्ता हस्तान्तरण गरेका थिए।
पूर्व राजा ह्वाँ कार्लोसले भ्रष्टाचारका सम्बन्धमा अनुसन्धान गरिरहेका अधिकारीहरुले बोलाएको बेलामा आफू उपलब्ध रहेको बताएका छन्। गत जुनमा स्पेनको सर्वोच्च अदालतले साउदी अरेबियामा तीव्र गतिको रेल बनाउने सम्बन्धी सम्झौतामा पूर्व राजा ह्वाँकार्लोसको संलग्नताबारे अनुसन्धान सुरु गरेको थियो।
स्पेनलाई अधिनायकवादबाट प्रजातन्त्रको मार्गमा ल्याएका कार्लोसका लागि यो अपमानजनक बहिर्गमन रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। पूर्वराजा अब कुन देशमा बस्ने छन् भन्ने खुलेको छैन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।