|

आइपिएल क्रिकेट हुने तय भएसँगै योसँग सम्बन्धित विभिन्न समाचारहरु आइरहेका छन्। धेरैले आइपिएललाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)को फाइदासँग मात्र जोडेर हेर्ने गर्छन्। 

तर, व्यक्तिगत रुपमा खेलाडीलाई ठूलो आम्दानी त हुन्छनै विदेशी खेलाडीमार्फत सम्बन्धित देशका क्रिकेट बोर्डले पनि आम्दानी गर्ने गरेका छन्।

कोरोना कहरबीच यो पटक आइपिएल युएईमा हुने तय भएको छ। सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुने प्रतियोगितामा विदेशी खेलाडीसँगै उनीहरुको बोर्डलाई पनि रकम दिइने गरेको छ। नियमअनुसार खेलाडीले पाउने रकमको १० प्रतिशत फ्रेन्चाइजले तथा १० प्रतिशत बिसिसिआईले सम्बन्धित बोर्डलाई खेलाडी रिलिजका लागि रकम दिने गरेको छ।

यस पटक भएको अक्सनमा कुल ६२ खेलाडी लिलामी भए। जसमा २९ विदेशी रहेका छन्। जसका लागि १७१.६ करोड रुपैयाँ खर्च गरिएको छ। जसमार्फत सम्बन्धित खेलाडीका लागि उक्त देशका क्रिकेट बोर्डले कुल ३३.६ करोड रुपैयाँ खेलाडीलाई रिलिज गरेबापत प्राप्त गर्ने छन्।

अष्ट्रेलियालाई १८ करोड

अष्ट्रेलियाबाट आइपिएलका लागि कुल १३ खेलाडी अनुबन्धित भएका छन्। जसबाट उसले १८.६ करोड प्राप्त गर्नेछ। जसमा तीव्र बलर प्याट कमिन्सले लिलामीमा सर्वाधिक महँगो मूल्य पाए। उनलाई कोलकताले २४.८ करोड नेपाली रुपैयाँमा खरिद गरेको छ। सबै १३ खेलाडीले कुल ९१.६ करोड कमाउँदा क्रिकेट अष्ट्रेलियालाई १८.६ करोड आम्दानी हुनेछ।

त्यस्तै, इंग्ल्यान्डले सात खेलाडीमार्पmत ६ करोड कमाउने छ। वेस्ट इंडिज क्रिकेट बोर्डले ५.६ करोड कमाउँदा दक्षिण अफ्रिकी क्रिकेट बोर्डले ४.८ करोड कमाउने छ। श्रीलंका र न्युजिल्यान्डका समान एक खेलाडी लिलामी हुँदा उनीहरुले समान १०–१० लाख प्राप्त गर्ने छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.