|

काठमाडौं :  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपाध्यक्ष वामदेव गौतमसँग भेट गरेर फर्किएका छन्। झण्डै दुई घण्टा गौतमसँग छलफल गरेर अध्यक्ष प्रचण्ड  फर्किएका हुन्।

उपाध्यक्ष गौतम निवास भैँसेपाटीबाट अध्यक्ष दाहाल फर्किसकेको गौतमका प्रेस सहयोगी विश्वमणि  सुवेदीले जानकारी दिए। ‘अध्यक्ष दाहालले उपाध्यक्ष गौतमसँग केके बिषयमा छलफल गर्नुभयो। त्यो मलाई जानकारी छैन्। तर, उहाँ यहाँबाट फर्किसक्नु भयो’ उनले भने। 
   
पार्टीभित्रको विवादको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएका उपाध्यक्ष गौतमलाई दाहालको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। यसअघि उपाध्यक्ष गौतम अध्यक्ष दाहाल निकट नै थिए। 

तर, गत मंगलबार ६ बुँदे प्रस्ताव अघि सार्दै गौतम प्रधानमन्त्री ओली निकट उभिएका थिए। सोहि दिन प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतम निवास पुगेर भेटवार्ता समेत गरे।  प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच पार्टीभित्रको विवादलाई लिएर आज बेलुका ५ बजे हुने छलफलको बिषयमा कुराकानी भएको हुनसक्ने उनले बताए।  ‘आज बेलुका प्रधानमन्त्री ओलीसँग अध्यक्ष दाहालबीच छलफल हुदैछ। त्यही बिषयमा केन्द्रीत भएर छलफल गर्न भएको हुनसक्छ’ उनले भने।  

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेलामा उपाध्यक्ष गौतमलाई फकाउन प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष दाहाल सक्रिय भएका छन्।   तर, उपाध्यक्ष गौतमलाई उनी निकटका नेताहरुले सो प्रस्तावबाट पछि हट्न आग्रह गर्दा समेत अस्विकार गरेका थिए।  विवादलाई लिएर समाधानको स्वरुप प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच आइतबारबाट छलफल चलिरहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.