विपक्षी नेता र जनवस्वास्थ्यविद‍्‍सँग छलफल

|

काठमाडौं : कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकेको बताउँदै सरकारको आलोचना गर्दै आइरहेको प्रमुख प्रतिपक्षी दललाई प्रधानमन्त्री केपी शर्मा ओलीले संकटमा विरोधमा नउत्रिन आग्रह गरेका छन्। 

लकडाउन खुलेसँगै कोरोना संक्रमितहरुको संख्या तीव्र रुपमा बढ्दै गएपछि जनस्वास्थ्य विज्ञ र प्रतिपक्षी दलका नेतासँग छलफलका क्रममा प्रधानमन्त्री ओलीले कांग्रेसका सभापति शेरबहादुर देउवालाई यस्तो भनेका हुन्।  

‘तपाईंहरु पार्टीको झगडामा अल्झिनु भएको छ,’ देउवालाई उदृत गर्दै उनको सचिवालय स्रोतले भन्यो, ‘जनता कोरोनाले धमाधम मरेको छ। कतै भोकमरी लागिसक्यो मजदुरको अवस्था उस्तै छ। त्यता पनि ध्यान दिनुस्।’ 

देउवाले संक्रमणको अवस्था हेरेर ठाउँ अनुसार लकडाउन गर्नुपर्ने सुझाव पनि दिएका थिए। देउवाले यस्तो भन्‍नेबित्तिकै प्रधानमन्त्री ओलीले जवाफ फर्काइहाले। 

‘राजनीतिक दलका नेताहरुले जे गरे पनि विरोध नै गर्नुपर्छ भन्‍ने मानसिकता हटाउनु पर्‍यो,’ बालुवाटार स्रोतले भन्यो, ‘सरकारले आफ्नो बलबुताले भ्याएसम्म गरिरहेकै छ। लकडाउन खोल्यो भनेर, किन खोलेको भनेर पनि विरोध भएको सुनिरहेको छु। महामारी र संकटको बेलामा विरोध होइन, सरकारलाई सहयोग गरौँ।’ 

प्रधानमन्त्री ओलीले आजको बैठकमा जनस्वास्थ्य विज्ञसँगै प्रतिपक्षी दलका नेताहरु शेरबहादुर देउवा र महन्थ ठाकुरलाई पनि बोलाएका थिए। उक्त छलफलमा प्रधानमन्त्रीले सरकारले १० हजारभन्दा धेरै स्वाब एकै दिन परीक्षण गर्ने तयारीका साथ सरकारले काम गरिरहेको पनि जानकारी गराएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.