|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउन गर्ने नगर्ने कुरा समुदायमा फैलिएको कोरोना संक्रमणको अवस्था हेरेर निर्णय लिन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन्।

लकडाउन खुलेसँगै कोरोना संक्रमणको दर बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज जनस्वास्थ्य विज्ञ र प्रतिपक्षी दलका नेताहरुसँग बालुवाटारमा छलफल गरेका थिए। त्यही छलफलका क्रममा देउवाले हरेकलाई सामाजिक दूरी कायम गर्न र मास्क लगाउन अनिवार्य गर्न पनि सुझाव दिएका छन्। 

‘लकडाउन गर्ने, नगर्ने कुरा समुदायमा संक्रमणको स्तर हेरेर गर्न सकिन्छ। तर हरेकलाई सामाजिक दूरी कायम गर्न र मास्क अनिवार्य गर्न कडाई गर्नु पर्यो,’ प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजागाईंले भनेका छन्, 'मुख छोपेर हिँड्न बानी पार्नुपर्यो।’  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.