काठमाडौं : कोभिड-१९ को बारेमा जथाभावि नबोल्न सरकारले आग्रह गरेको छ।
कोभिड १९ को महामारीका बारेमा सर्व-साधारण ले आ-आफ्नै ढंगले व्याख्या गरेकोले संवेदनशील विषयमा जथाभावि विश्लेषण नगर्न र अलमलमा नपर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्राडा जागेश्वर गौतमले बताए।
उनले भने,' आ-आफ्नै ढंगले व्याख्या र विश्लेषण नगरौ, आधिकारीक निकायबाट प्रेषित भएका सूचना र सन्देशहरूको पालना गर्न र गराउन हुन अनुरोध गर्दछु।'
२४ घण्टामा देशभर २ सय ५९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। देशभरका प्रयोगशालामा गरिएको नमुना परीक्षणबाट हालसम्म संक्रमित हुनेको संख्या कुल २१ हजार ९ जना संक्रमित पुगेको हो।
त्यस्तै, गत २४ घण्टामा ६५ जना कोरोनामुक्त भएका छन्। यो सहित नेपालमा कोरोनामुक्त हुनेको संख्या १५ हजार २६ पुगेको छ।
विभिन्न स्थानमा गरिएको परीक्षणमा मंगलबार काठमाडौंमा ४८ जनामा संक्रमण देखिएको छ। त्यस्तै भक्तपुरका १३ जना र ललितपुरमा १ जनामा संक्रमण देखिएको मिडिया ब्रिफिङमा गौतमले जानकारी दिएका हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।