|

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको विवादलाई लिएर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफल फेरि पनि विना निष्कर्ष  सकिएको छ। 

ओली दाहालको साथमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ  पनि सहभागी भएको थिए। अध्यक्ष दाहालले समस्या समाधानका लागि प्रधानमन्त्री ओलीले निकास दिनुपर्नेमा जोड दिइरहेका छन्। तर, प्रचण्ड पनि आफ्नो अडानमा यथावत रहेका छन् ।

प्रधानमन्त्री ओली स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक तत्कालै राख्न नसक्ने अडानमा छन्। ओलीले कोरोना महामारीका बीच ठूला बैठक र भेला नगर्न अन्तराष्ट्रिय रुपमा नै आह्वान भइरहेका बेला त्यस्तो भेला गर्नु उचित नहुने कुरा बताएका छन्। अर्को तर्फ प्रचण्ड र नेपाल पक्ष पनि भेला गराएरै छोड्ने अडानमा छन्।

समस्या समाधानका लागि छलफल गर्न ओली सचिवालय बैठक राख्न सम्म तयार रहेको स्रोतले बताएकाे छ। दुवै नेता आआफ्नो अडानबाट पछि नहटेको कारणले सहमति जुट्न नसकेको हो। पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेलामा उपाध्यक्ष गौतमलाई फकाउन प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष दाहाल सक्रिय भएका छन्। ओली 

मंगलबार छलफलमा जानुअघि अध्यक्ष दाहालले उपाध्यक्ष वामदेव गौतमलाई भेट गरेका थिए। अध्यक्ष दाहालले गौतमको ६ बुँदे प्रस्तावमाथि छलफल गरेका थिए। 

विवादलाई लिएर समाधानको स्वरुप प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच आइतबारबाट छलफल चलिरहेको छ। प्रधानमन्त्री ओलीबाट सरकार र पार्टी दुवै नचलेको भएकाले दुवै पदबाट राजीनामा दिनुपर्ने अध्यक्ष दाहाल, वरिष्ठ नेता खनाल र नेपाल, उपाध्यक्ष वामदेव गौतम, गौतम प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले माग गरेपछि विवाद उत्कर्षमा पुगेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.