|
फाइल फोटो

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कोरोनाको संक्रमण अझै फैलन सक्ने भन्दै लापरवाही नगर्न आग्रह गरेका छन्। देशमा लक्षण सहितका कोरोनाका बिरामी भेटिन थालेको भन्दै शाहीले सजग रहन आग्रह गरेका हुन्। 

उनले लक्षण सहितको कोरोनाको संक्रमण बढदै गए कम्तिमा २५ दिनदेखि एक महिना कडा लकडाउन गर्नुपर्ने बताएका छन्। पछिल्लो समय लकडाउन खुलेसँगै कर्णालीको दैलेखमा पनि लक्षण सहितका कोरोनाका संक्रमित देखिन थालेको दैलेख अस्पतालका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीले जनाएका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पत्रकारसँग कुरा गर्दै मंगलबार मुख्यमन्त्री शाहीले कर्णालीलाई सुरक्षित राख्न प्रदेश सरकारले विभिन्न विकल्पसहित योजना बनाइरहेको बताए।
सोही अनुसारको संघिय सरकारलाई कर्णाली सरकारले सुझाव पनि दिएको उनले बताए।

चारजना मन्त्रीसँगै पत्रकार भेटघाटमा शाहीले देशका अन्य प्रदेशमा लक्षण सहितको कोरोनाको संक्रमण बढ्दै गएमा कर्णालीले फेरी पनि नाका सिल गर्ने बताए। ‘अहिले काठमाडौंमा प्रवेश गर्न पिसिआर रिपोर्ट माग्ने गरिएको छ।’

अब कर्णालीमा जो पायो त्यहीले राहात बाँड्ने काम पनि बन्द गरिने उनले बताए। मुख्यमन्त्री शाहीले सबैले मास्क अनिवार्य लगाउने व्यवस्था गरिने जनाए।  ‘आफै किन्न सक्नेले आफैं किन्छन्, किन्न नसक्नेलाई सरकारले दिन्छ।’  उनले भने। 

उनले थपे, ‘पहिले खैनी र सूर्ती हाल्ने डिब्बामा अब सेनिटाइजर बोक्नुपर्ने अवस्था आउन सक्छ।’ उनले मानव स्वास्थ्य भन्दा ठूलो अर्थतन्त्र नभएको पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.