डिफेन्डिङ च्याम्पियन राफेल नाडालले यस वर्षको युएस ओपन टेनिस नखेल्ने घोषणा गरेका छन्। आगामी अगष्ट ३१ अर्थात भदौ १५ देखि अमेरिकाको न्यूयोर्क हुन लागेको प्रतियोगिता नखेल्ने घोषणा गरेको बीबीसीले जनाएको छ।
कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा नआएको भन्दै उनले अर्को महिना हुन लागेको यूएस ओपन नखेल्ने घोषणा गरेका हुन्। ३४ वर्षीय नाडालले भनेका छन्, ‘विश्वमा स्वास्थ्यको ठूलो समस्या रहेको छ, त्यसैले यस वर्षको प्रतियोगिता नखेल्ने घोषणा गर्दछु।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।