|

नेपालगन्ज ः: बाँके जिल्लाका कोरोनाका संक्रमितहरु मध्ये १० देखि १५ प्रतिशतमा लक्षणहरु देखिएको छ। नयाँ संक्रमितहरुमा ज्वरो आउने र रुघा खोकी जस्ता लक्षण देखिएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए।

संक्रमितहरुमा सिजनल रुघा खोकी हो या कोरोना कै कारण रुघा खोकी ज्वरो देखिएको हो भन्ने बारे चिकित्सकहरुले अध्ययन गरि रहेका छन्।  लक्षण देखिएका संक्रमितहरुलाई बाँकेको खजुरा स्थित कोरोना आइसोलेशन अस्पालमा राखिएको छ। बाँकेमा हिजो साँझ  कारागार शाखा बाँकेका ७ जना कैदी र वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत ६ जना प्रहरीमा गरी १३ जनाका कोरोना संक्रमण देखिएको छ। 

बाँके कारागारमा ७ सय ९० कैदी बन्दी भएका कारण संक्रमण अन्य कैदी बन्दी हरुमा पनि फैलिएको हुन सक्ने भएकाले अन्य कैदी बन्दीको पनि स्वाबको नमुना लिएर परिक्षण गर्ने तयारी भइरहेको छ। नेपालगन्ज उप महानगरपालिकाका एक जना वडा अध्यक्ष सहित ८ जनामा कोरोना संक्रमण देखिए पछि उप महानगरपालिकाका थप २ सय  जनाको स्वाबको नमुना संकलन गरिएको छ। बाँकेमा हिजो  १३ जना थपिएसँगै बाँकेका आइसोलेशन स्थलहरुमा  संक्रमितको संख्या ७४ पुगेको छ। 

समुदाय स्तरमै संक्रमण फैलिए पछि २४ गतेसम्मका लागि  निषेधाज्ञा जारी गरिएको छ। बाँकेमा हालसम्म ४ सय ७०  जना संक्रमितको पहिचान भएको छ। पहिचान भएका संक्रमित मध्ये ७४ जनाको उपचार भई रहेको २ जनाको मृत्यु भएको र ३ सय ९४ जना निको भएर घर फर्किसकेका छन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.