|

काठमाडौं :  सुनको भाउ एक लाख नाघेको छ। आज सुनको मुल्य तोलामा १६ सयले बढेर प्रति तोला एक लाख एक हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ।  

नेपालमा सुनको यो मुल्य अहिलेसम्म कै उच्च हो। यस अघि मंगलबार सुन प्रतितोला ९९ हजार ८ सयमा कारोबार भएको थियो। त्यस्तै आज तेजावी सुनको मुल्य प्रति तोला एक लाख ९०० मा कारोबार भइरहेको छ। त्यसैगरी आज पनि चाँदीको मुल्य पनि बढेको छ। महासंघका अनुसार बुधबार चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर १२ सय ९५ मा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.