|

सर्लाही : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीका अध्यक्ष रेवती पन्तलाई कोरोना भाईरस पोजेटिभ देखिएको छ। हल्का ज्वरो र घाँटी दुखेपछि  ललितपुरकाको सानेपास्थित स्टार हस्पिटलमा पीसीआर परीक्षण गराउँदा पन्तलाई कोरोना भाईरस पोजेटिभ देखिएको हो।

बुधबार बिहान आएको रिपोर्टमा कोरोना भाईरस पोजेटिभ देखिएको अध्यक्ष पन्तले जानकारी दिए। बुधबार अध्यक्ष पन्तले एक विज्ञप्ति जारी गर्दै आफूलाई कोरोना भाईरस पोजेटिभ भएको बताए।

पन्त काठमाण्डौ स्थित सोल्टी होटलको आईसोलेसनमा बसेका छन्। यसबीचमा पन्तको निकै धेरैजनासँग भेटघाट एवं नजिकबाट सम्पर्क भएकाले क–कसको पीसीआर गराउने भन्ने अन्यौलको अवस्था रहेको जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.