|
फाइल फोटो

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप २ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा थप २ जनाको कोरोनाका कारण मृत्यु भएको हो।

मन्त्रालय प्रवक्ता डा. जागेश्वर गोतमका अनुसार मृत्यु हुनेमा पर्साको पोखरिया ९ का १८ वर्षियाा किशोरी र वीरगञ्ज ५ का ४६ वर्षिय पुरुष रहेका छन्। साउन १९ गते झाडापाखालाबाट ग्रस्त किरोशीलाई उपचारका लागि नेशनल मेडिकल कलेज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। उनको स्वाव संकलन गरी परीक्षण गर्दा कोभिड पोजेटिभ देखिएको उनले बताए।

 यस्तै वीरगञ्ज ५ का ४६ का पुरुषको साउन २१ गते अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। केही वर्षदेखि मधुमेहका रोगी ती पुरुष ज्वरो र खोकीको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए। १९ गते स्वाव संकलन गरिएकोमा त्यही दिन कोरोना पुष्टि भएको थियो। कोरोना पुष्टि भएपनि उनको आइसोलेसनमा राखेर उपचार सुरु गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ।

बुधबार ३ सय ८१ थपिए

बुधबार ३ सय ८१ थप कोरोना संक्रमित थपिएका छन्। ६ हजार ३ सय ५९ पीसीआर परीक्षणमा ३ सय ८१ जना संक्रमित थपिएका हुन। आजसम्म पीसीआर विधिबाट ४ लाख १२ हजार ९ सय ५३ जनाको कोरोना परीक्षण भएको छ।

आज देशभरीका अस्पतालमा ६ हजार १ सय ७३ जना संक्रमित उपचाररत रहेका छन। प्रवक्ता डा. गौतमका अनुसार प्रदेश नम्बर १ मा ३ सय १२, प्रदेश नम्बर २ मा २ हजार ६ सय २२ र बागमती प्रदेशमा ७ सय ८५ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन्।

यस्तै, गण्डकी प्रदेशमा २ सय ७२, प्रदेश नम्बर ५ मा ३ सय ४०, कर्णाली प्रदेशमा २ सय ९२ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय ५१ जना उपचाररत रहेका छन।

बुधबार १ सय ३० जना संक्रमित संक्रमणमुक्त भएका छन। आजसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार १ सय ५६ पुगेको छ। प्रदेश नम्बर १ मा ९ सय १६, प्रदेश नम्बर २ मा ३ हजार २ सय १२, बागमती प्रदेशमा ५ सय ४३ र गण्डकी प्रदेशमा १ हजार ३ सय ६२ जना संक्रमित डिस्चार्ज भएका छन। यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ८८, कर्णाली प्रदेशमा १, हजार ७ सय ४४ र सुदूरपश्चिम प्रदेशमा ३ हजार २ सय ९१ जना संक्रमणमुक्त भएका छन्।

बुधबार देशभरीका क्वारेन्टिनमा ९ हजार ९ सय २५ जना रहेका छन। प्रदेश नम्बर १ मा १ हजार ५ सय ८२, प्रदेश नम्बर २ मा १ हजार २ सय ११, बागमती प्रदेशमा ७ सय ९८ र गण्डकी प्रदेशमा २ हजार ६ सय ३३ जना रहेका छन। यस्तै प्रदेश नम्बर ५ मा १ हजार ३ सय ८९, कर्णाली प्रदेशमा ४ सय ६३ र सुदूरपश्चिम प्रदेशमा १ हजा ८ सय ४४ जना रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.