|

दाङ : दाङमा  समुदायमा  कोरोना भए/नभएको जाँच गर्दा २ जनामा कोरोना पुष्टि भएको छ।  जिल्लाको गढवा गाउँपालिका-८ कोइलाबास क्षेत्रका ४० जनाको स्वाब परीक्षण गर्दा २ जना कोरोना पुष्टि भएका गाउँपालिकाका  स्वास्थ्य संयोजक कैलाशचन्द्र चौधरीले बताए। 

उनीहरुको प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवलमा गरिएको स्वाब परीक्षण गर्दा पुष्टि भएको उनले बताए।  उनीहरुको साउन १६ गते स्वाब संकलन गरिएको थियो। भारतीय सीमानाकासँग जोडिएका बस्तीमा कोरोना फैलिन सक्ने आशंकामा स्थानीय ४० जनाको स्वाब परीक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएको उनले  बताए। 

४५ र २१ वर्षका २ पुरुषमा कोरोना पुष्टि भएको हो। उनीहरु दुवै भारतबाट आएर घरमा बसेको व्यक्ति रहेका थिए।  उनीहरुको सम्पर्कमा आएका व्यक्तिको कन्ट्रायक ट्रेसिङ गरी स्वाब परीक्षण गर्ने तयारी भइरहेको संयोजक चौधरीले बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.