|

काठमाडौं : केही बैंकले तोकिएको सीमा भन्दा बढी कर्जा लगानी गरेपछि नेपाल राष्ट्र बैंकले केही बैंकमाथि निगरानी बढाएको छ। पुँजी निक्षेप अनुपात (सीसीडी रेसियो) ८० प्रतिशत नाघेका बैंकहरु राष्ट्र बैंकमाथि निगरानी सुरु गरिएको गभर्नर डा.चिरञ्जीवी नेपालले बताए। 'सीसीडी रेसियो नाघेका बैंकहरुलाई हामीले पत्र काटिसकेका छौं, यस्ता बैंक हाम्रो निगरानीमा छन्' मंगलबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका क्रममा नेपालले भने। 

उनका अनुसार अहिले सीसीडी रेसियो नाघेका ६ वटा बैंक राष्ट्र बैंकको नागरानीमा रहेका छन्। बैंक तथा वित्तीय संस्थाले यस्तो अनुपात बढीमा ८० प्रतिशत कायम गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ।

मौद्रिक नीतिको मध्यावधि समीक्षासम्म जोखिमयुक्त बैंकको संख्या ९ रहेको छ। राष्ट्र बैंकले यसअघि १६ वटा बैंक तथा वित्तीय संस्था समस्याग्रस्त रहेकोमा अहिले घटेर ९ वटामा झरेको गभर्नर नेपालले बताए। त्यस्तै ९ मध्ये ४ वटाको सेयर स्वामित्व हस्तान्तरणको प्रक्रियामा रहेका छन्। शेयर स्वामित्व हसेतान्तरण पछि यी चार बैंक पनि समस्याग्रस्तबाट मुक्त हुन सक्ने गभर्नर नेपालले बताए।

४५ अर्ब ३० करोडको शून्य व्याजदर ऋण

राष्ट्र बैंकले २०७३ असारमा जारी गरेको र भुक्तानी हुन बाँकी ४५ अर्ब ३० करोड बराबरका ऋणपत्रहरु जारी गर्ने भएको छ। जसअनुसार  शून्य ब्याजदरमा सोझै खरिद गर्न राष्ट्र बैंकले आह्‍वान गर्ने भएको छ। यस्तो ऋण फागुन मसान्तसम्म जारी गरिने गभर्नर नेपालले बताए।

राष्ट्र बैंकले विद्यमान बैंक व्याजदर, अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात तथा पुनर्कर्जा दरहरुलाई यथावत राखेको छ। चलु आर्थिक वर्षको ६ महिनामा विभिन्न बैंकहरुबाट ४ अर्ब ९० करोडको साधारण तथा  ३७ करोडको निर्यात पुनर्कर्जा गरी कुल ५ अर्ब २७ करोड रुपैयाँको पुनर्कर्जा सुविधा उपयोग भएको छ। त्यस्तै २०७३ पुस मसान्तसम्म वाणिज्य बैंकहरुले उत्पादनशील क्षेत्रमा प्रवाह गरेको कर्जा २५४ अर्ब १ करोड पुगेको छ। यसमध्ये कृषि क्षेत्रमा १०२ अर्ब २५ करोड र उर्जा क्षेत्रमा ४५ अर्ब ४६ करोड रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.