|

दमक : झापाको एक सामुदायिक विद्यालयका विद्यार्थीमा मास हिस्टेरिया फेला परेको छ। लखनपुर–३ स्थित वाणी माध्यमिक विद्यालयका छात्राहरुमा मास हिस्टेरिया फेला परेको हो। 

विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद डाँगीका अनुसार केही दिनदेखि विद्यालयका छात्राहरु मुर्छा हुने, बर्बरिने गर्न थालेका छन्। 'कतिपय विद्यार्थीहरुमा बर्बरिदा विद्यालयमा भूतप्रेत छ भनेर मानसिक रुपमा चिच्याउने,कराउने गर्ने जस्ता लक्षण देखिन थालेपछि विद्यालयको नियमित पठनपाठनमा नै समस्या आएको छ,' उनले भने। 

विद्यार्थीको यस्तो लक्षणका कारण झन् त्रास बढ्दै गएको विद्यालयले जनाएको छ।  कक्षा ९ र १० का ६ जना छात्राहरुमा एकाएक त्यस्तो लक्षण देखिएसँगै  विद्यार्थीलाई अभिभावक बोलाएर घर पठाउन थालिएको उनले बताए। 

छात्रा विद्यार्थीहरुमा देखिएको यस्तो अनौठो गतिविधिले अन्य विद्यार्थीहरु समेत त्रसित हुन पुगेका छन्। उक्त विद्यालयका छात्राहरुमा देखिएको अनौठो खाले रोग भने 'मास हिस्टेरिया' नै भएको स्थानीय स्वास्थ्यकर्मीहरुको दाबी छ।

स्थानीय मंगलवारे फार्मेसीका स्वास्थ्यकर्मी तुलसी तिवारीले यो 'मास हिस्टेरिया' कै लक्षण भएको बताए। उनले मानसिक रुपमा कमजोर हुदाँ एकप्रकारको बाहिर देखिने लक्षण भएकाले त्यसबाट जोगिन मानसिक वृद्धि विकास आवश्यक रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.