काठमाडौं : लेबनानको राजधानी बेरुतमा भएको शक्तिशाली विस्फोटमा परी मृत्यु हुनेको संख्या १ सय ३५ पुगेको छ।
मंगलबार भएको विस्फोटमा ४ हजार मानिस घाइते भएका छन्। झण्डै ६० जनाभन्दा बढी बेपत्ता भएको अनुमान छ। सरकारले दुई हप्ताका लागि संकटकाल घोषणा गरेको छ। राष्ट्रपति मिचेल औनले २ हजार ७ सय ५० टन अमोनियम नाइट्रेटको भण्डारमा विस्फोट भएको बताएका छन्। अमोनियम नाइट्रेट रासायनिक मलका लागि प्रयोग हुने वस्तु हो। सरकारले विस्फोटको कारणबारे अनुसन्धान सुरु गरेको छ। यसका लागि बन्दरगाहका अधिकारीहरुलाई नजरबन्दमा राखिएको छ।
अव्यवस्थित रुपमा राखिएको अमोनियम नाइट्रेट त्यहाँबाट हटाउन आग्रह गर्दा पनि बन्दरगाहका अधिकारीहरुले नहटाएको भन्सार प्रमुख बद्री दाहेरले बताएका छन्। विस्फोटले बन्दरगाहको ठूलो क्षेत्र ध्वस्त हुँदा हजारौँ मानिस घरबारविहीन भएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।