|

सुर्खेत : कर्णाली  आइसोलेसनमा उपचारपछि निको भई घर फर्किएका आठ जनामा पुनः कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ। आइसोलेसनमा बसेर निको भई घर फर्किएका जुम्ला र दैलेखका ४/४ जनालाई पुनः पोजेटिभ देखिएको हो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा बुधबार आठ जनामा पुनः पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

डा. तिवारीका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आइसोलेसनमा रहेका ६९ जना नै निको भएर फिर्ता भएपछि जुम्ला कोरोनामुक्त जिल्ला घोषित भएको थियो। तर, निको भएर पठाएकै व्यक्तिमा पुनः परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको हो।

बाहिरबाट जुम्ला भित्रिएमध्ये चार हजार नौ सय १२ जनाको पिसिआर परीक्षण गरिएको जस्मा ६९ जनामा संक्रमण देखिएको थियो। निको भएर आइसोलेसनबाट घर पठाएमध्ये चार जनामा पुनः पोजेटिभ देखिएको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जनाए। संक्रमितहरुलाई पुनः आइसोलेसनमा राखेर उपचार थालिएको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. तिवारीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.