|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा संसद भवन नयाँ वानेश्वरमा सर्वदलीय बैठक सुरु भएको छ। सरकारले सोमबार घोषणा गरेको स्थानीय तहको चुनाव र संसदमा विचाराधीन रहेको संविधान संशोधन विधेयक अघि बढाउने विषयमा छलफल गर्न प्रधानमन्त्रीले संसदमा भएका सबै दलका प्रतिनिधिलाई छलफलमा बोलाएका हुन्। छलफलमा प्रमुख दलका शीर्ष नेतासहित संसदमा रहेका दलका प्रतिनिधिहरु सहभागी छन्।

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भने बहिस्कार गरेको छ। उक्त बैठकमा मोर्चामा आवद्ध कुनै पनि मधेस केन्द्रित दलका प्रतिनिधि सहभागी भएका छैनन्। सरकारले संविधान संशोधन विधेयक अघि नबढाई चुनाव घोषणा गरेकोमा असन्तुष्ट ती दलहरुले आन्दोलन घोषणा गरेका छन्। सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले आफूहरुले चुनावको विरोधमा आन्दोलन घोषणा गरेकाले सर्वदली बैठकमा नजाने प्रष्ट पारे।

मोर्चामा आवद्ध राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले सरकारले विगतमा आफूहरुसँग भएका सहमति कार्यान्वयन नगरेको र मंगलबारको बैठकमा संविधान संशोधन विधेयक पेश नगरेकाले सर्वदलीय बैठक बहिस्कार गरेको बताए। 'सरकारले आज संसदमा विधेयक पेश गर्छु भन्ने प्रतिवद्धता व्यक्त गरेर पनि पेश नगरेको र पूर्व निर्धारित कार्यक्रम अनुसार हामीले आन्दोलन घोषणा गरेकाले बैठक बहिस्कार गरेका हौं' उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.