|
फोटो : कर्णाली विकासको रणनीतिबारे जानकारी दिन आयोजित कार्यक्रम

कालिकोट : कर्णाली विकास आयोगले आफ्नो १० वर्षे रणनीति तयार पारेको छ। आयोगले तयार पारेको रणनीतिमा जलविद्युत,जडिबुटी, सडक, सिंचाई लगायतका विषय प्राथमिकतामा छन्। कर्णालीका ५ वटै जिल्लाको वस्तुस्थिति मुल्याङ्कन गरेर रणनीति तयार पारिएको  कर्णाली विकास आयोगले जनाएको छ।

१० वर्षमा कर्णाली विकासका लागि करिब ३२ खर्ब ३३ अर्ब ५६ करोड रुपैयाँ लगानी चाहिने कर्णाली विकास आयोगका सदस्य कृष्णप्रसाद आचार्यले बताए। उनले ६० प्रतिशत सरकारी क्षेत्रबाट र बाँकी ४० प्रतिशत निजी र सहकारी क्षेत्रबाट खर्च हुने अनुमान गरिएको बताए। कर्णाली विकासका लागि १० वर्षे कार्ययोजना बनाएर कर्णाली विकासको रणनीति तयार पारिएको उनले बताए।

उनले यसलाई कर्णाली जिल्लाका सरोकारवाला पक्षसँग छलफल गरेर राष्ट्रिय योजना आयोगमार्फत सबै मन्त्रालय पठाइने जानकारी दिए। 'यस रणनीतिक योजनालाई व्यापक छलफल गरेर राष्ट्रिय योजना आयोगमा बुझाउनेछौं।  आयोगले अन्य मन्त्रालयलाई त्यसै अनुसार रणनीति बनाउन सहयोग गर्नेछ।’ उनले भने,'त्यसका लागि सबै हामी कर्णालीका ५ जिल्लामा बहस लागि छलफल अगाडी बढाएका छौं।'

यी हुन् १० वर्षे रणनीतिका प्रमुख प्राथमिकता :

१) आवश्यकतामा आधारित गुणस्तरीय भौतिक पूर्वाधार विकास गर्ने ।

२) कर्णाली क्षेत्रको श्रोत र साधनको समुचित उपयोग र संरक्षण गरी विद्यमान आर्थिक तथा मानवीय गरिवीलाई घटाई जनताको जीवनस्तरमा सन्तोषजनक परिवर्तन ल्याउने।

३) सामाजिक तथा मानव संशाधन विकास मार्फत कर्णालीका प्राकृतिक सम्पदाको लागि उपयोग गर्ने ।

४) सरकारी, सहकारी, सामुदायिक दातृ निकायहरु र निजी क्षेत्रको योगदान अभिवृद्धि गरी दिगो आर्थिक वृद्धि हासिल गर्ने ।

५) सामाजिक तथा आर्थिक रुपमा लक्षित समूहलाई सशक्तीकरण गर्ने ।

७) व्यक्तिगत रुपमा वित्तीय क्षमता अभिवृद्धि गर्न जनतालाई आफैंले लगानी गरी स्थानीय श्रोत साधनहरुको उपयोग गर्न उत्प्रेरित गर्ने ।

प्राथमिकता

कर्णाली क्षेत्रको विकासको लागि यस दश वर्षे विकास योजनामा निम्न लिखित क्रम अनुसार प्राथमिकता निर्धारण गरिएको छ ।

१) पूर्वाधार विकास :

–कर्णाली क्षेत्रका जिल्लाहरुको विकासका लागि गुणस्तरीय सडक र विमानस्थल निर्माण गरी आवद्धता बृद्धि गर्ने ।

२) जलस्रोत, जंगल, जडिबुटी जस्ता प्राकृतिक श्रोत साधनहरुको अधिकतम उपयोग गर्ने

–जलविद्युत र वैकल्पिक उर्जा विकासको उपयोग गर्ने

–स्थानीय वन पैदावारहरु र बहुमूल्य जडिवुटीहरुको सदुपयोग र मूल्य अभिवृद्धिमा विशेष जोड दिन

– सिंचाईको विकास गरी उपयोग गर्ने

३) आर्थिक क्षेत्रको विकास

– स्थानीय कृषि उत्पादनहरु स्याउ, खाद्यान्न, ओखर, आलु, अन्य तरकारी आदिको उत्पादन वृद्धि तथा व्यावसायीकरण गर्ने ।

– पशुपंक्षी पालनलाई व्यवसायीकरण गर्ने ।

– पर्यटनको विकासमा जोड गर्ने ।

– उद्योग र वाणिज्य क्षेत्रको विकासमा जोड दिने

४) सामाजिक तथा मानव संसाधनको विकास र उपयोग गर्ने

– शिक्षा तथा स्वास्थ्यको विकास गर्ने ।

– खानेपानी र सरसफाइमा बृद्धि गर्र्ने ।

– क्षमता विकास र जनचेतना अभिवृद्धि गर्ने ।

– लैंङ्गिक समानता र महिला सशक्तिकरण गर्ने ।

५ ) सुशासन र अन्य विविध क्षेत्रको विकास गर्ने ।

– सुशासन अभिवृद्धि गर्ने ।

– सूचना र संचार सेवालाई भरपर्दो र अभिलेखलाई व्यवस्थित र व्यापक वनाउने ।

कर्णाली गौरवका आयोजनाहरु

कर्णाली क्षेत्रको विकासका लागि कर्णाली गौरवका आयोजनाहरुको रुपमा निम्न लिखित आयोजनाहरु छनौट गरिएको छ :

१) हिल्सा – जुम्ला – सुर्खेत फास्ट ट्रयाक

२) कर्णाली करिडोर

३) सालझन्डी – ढोरपाटन – दुनै सडक

४) नाक्चे – लाग्ना –गमगढी सडक

५) कर्णाली स्टेशन १,२ जल विद्युत आयोजना

६) तिला स्टेशन १,२ जल विद्युत आयोजना

७) कर्णाली जैविक कृषि उद्योग क्षेत्रको विकास

८) सिमीकोट – रारा – शे फोक्सुण्डो पर्यटन क्षेत्र विकास

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.