मनाङ : झन्डै ५ वर्षदेखि अलपत्र बेसीसहर-चामे सडक खण्डका मोटरेबल पुल निर्माणको काम अहिले धमाधम भइरहेको छ। गत २०७२ सालदेखि द क्याराभान कन्सल्टेन्सीले यस सडक खण्डमा मनाङतर्फका खोलामा पक्की मोटरेबल पुल निर्माणको जिम्मा पाएको हो।
सडक डिभिजन तनहुँसँग ३ वर्षमा मनाङका ५ वटा खोलामा पक्की पुल निर्माण गर्ने सम्झौता गरे पनि अझै काम सम्पन्न भएको छैन। यस कम्पनीले ५ वटा पुल निर्माणका लागि सडक डिभिजनसँग २२ करोड १० लाख रुपैयाँ समझौता गरेको छ।
यस कम्पनीले मनाङका म्यार्दी खोला तिमाङ खोला पिसाङ खेला छार्ताङ र दूधखोला गरी ५ वटा खोलामा पुल निर्माणको जिम्मा लिएको हो । पटक पटक म्याद थप गरी काम गरे पनि सम्झौता अनुसारको काम गर्न सकेको छैन ।
पछिल्लो समयमा कामको रफ्तार बढाए पनि विविध कारणले काममा ढिलाइ भएको कम्पनीका फिल्ड इन्जिनियर नारायण लामले बताए । कोभिड १९ महामारीले पनि यस कामलाई केही असर भने पारेको छ । समयमा सामग्री उपलब्ध गराउन नसक्नु कामदारअभाव, लगायतका कारण काममा असर पर्दै आएकाे हाे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।