|

मनाङ : झन्डै ५ वर्षदेखि अलपत्र बेसीसहर-चामे सडक खण्डका मोटरेबल पुल निर्माणको काम अहिले धमाधम भइरहेको छ।  गत २०७२ सालदेखि द क्याराभान कन्सल्टेन्सीले  यस सडक खण्डमा मनाङतर्फका खोलामा  पक्की मोटरेबल पुल निर्माणको  जिम्मा पाएको  हो।

सडक डिभिजन तनहुँसँग ३ वर्षमा मनाङका ५ वटा खोलामा पक्की पुल निर्माण गर्ने सम्झौता गरे पनि अझै काम सम्पन्न भएको छैन। यस कम्पनीले  ५ वटा पुल निर्माणका लागि  सडक डिभिजनसँग २२ करोड १० लाख रुपैयाँ समझौता गरेको छ। 

यस कम्पनीले मनाङका म्यार्दी खोला तिमाङ खोला पिसाङ खेला छार्ताङ र दूधखोला गरी ५ वटा खोलामा पुल निर्माणको जिम्मा लिएको हो । पटक पटक म्याद थप गरी काम गरे पनि सम्झौता अनुसारको काम गर्न सकेको छैन ।

पछिल्लो समयमा कामको रफ्तार बढाए पनि  विविध कारणले काममा ढिलाइ भएको कम्पनीका फिल्ड इन्जिनियर नारायण लामले बताए । कोभिड १९ महामारीले  पनि यस कामलाई केही असर  भने पारेको छ । समयमा सामग्री उपलब्ध गराउन नसक्नु  कामदारअभाव, लगायतका कारण काममा असर पर्दै आएकाे हाे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.