|

पाँचथर : लिम्बू भाषा र साहित्यको क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका नवरबहादुर योङहाङ (नवल फाइबाली) र हरी हुक्पा चोङबाङ श्रीहाङ्मा साहित्य पुरस्कारबाट सम्मानित भएका छन्।

पुरस्कृत भएका साहित्यकारद्धयले १० हजार रुपैयाँ जनही प्राप्त गरे। विश्व मातृभाषा दिवसको अवसर पारेर याक्थुङ प्रज्ञा प्रतिष्ठानले उनीहरुलाई पुरस्कृत गरेको हो। यो पुरस्कार साहित्यकार अमर नेम्बाङले आमा श्रीहाङ्मा थाम्सुहाङ नेम्बाङको स्मृतिमा स्थापना गरेका हुन्।

पुरस्कृत दुबै साहित्यकारले लिम्बू र नेपाली भाषाका आधा दर्जनभन्दा बढी कृति प्रकाशित गरेका छन्। उनीहरुलाई साहित्यकार तथा संस्कृतिविद् येहाङ लाओतीले पुरस्‍कार वितरण गरे। लिम्बु संस्कृतिका विज्ञ येहाङले मातृभाषिको दृष्टिमा 'पञ्चायतकाल अँध्यारो युग' भएको बताए। उनले त्यतिबेलादेखि नै निरन्तर कलम चलाउदै आएका भाषा–साहित्यका योद्धाहरुलाई सम्मान गर्न पाउनु गर्वको विषय रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.